शेख हसिनाका समर्थक र विपक्षीबीच भएको झडपमा चार जनाको मृत्यु, २० जना पक्राउ

Image
Nisarga Hospital

बङ्गलादेशको गोपालगञ्जमा अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थक र विपक्षीबीच भएको झडपमा चार जनाको मृत्यु भएको छ। बुधबार अवामी लिगका कार्यकर्ताले नेशनल सिटिजन्स पार्टी (एनसीपी)को ¥याली विफल पार्ने प्रयास गर्दा झडप भएको प्रहरीले जनाएको छ। घटनापछि बिहीबार प्रहरीले २० जनालाई पक्राउ गरेको छ।

CP Hospital Dhangadhi

जिल्लामा कर्फ्यू जारी रहँदा सुरक्षाको लागि १५ सयभन्दा बढी प्रहरी, सैनिक र सीमा सुरक्षाकर्मी खटाइएको छ। गोपालगञ्ज जिल्ला अस्पतालका अनुसार झडपमा १८ जना घाइते भएका छन् भने गोली लागेर एक युवकको मृत्यु भएको परिवारले दाबी गरेको छ।

Attariya Hospital

प्रहरीले स्थिति हाल शान्त रहेको जनाएको छ। सेनाले ‘अनियन्त्रित भीड’का कारण बल प्रयोग गर्नुपरेको बताएको छ। गोपालगञ्ज शेख हसिनाको गृह जिल्ला हो जहाँ उनले चुनाव लड्ने गरेकी थिइन्।

nawajiwan