सुदूरपश्चिममा सवारी दुर्घटना वृद्धि, एक वर्षमै १,१५३ दुर्घटना

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षको तुलनामा चालु आर्थिक वर्षमा सवारी दुर्घटनाको संख्या उल्लेखनीय रूपमा बढेको छ। ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार २०७९/८० मा २५२ र २०८०/८१ मा ३०९ सवारी दुर्घटना भए पनि २०८१/८२ मा यो संख्या एकाएक बढेर १,१५३ पुगेको छ।

CP Hospital Dhangadhi

दुर्घटनाबाट मृत्यु र घाइते हुनेको संख्या पनि बढ्दो छ। २०७९/८० मा १७७ जनाको मृत्यु र ४७३ घाइते, २०८०/८१ मा १७२ जनाको मृत्यु र ५३६ घाइते भएका थिए। तर २०८१/८२ मा १८५ जनाको मृत्यु र १,९३६ जना घाइते भएको तथ्यांकमा उल्लेख छ।

Attariya Hospital

ट्राफिक डिएसपी टेकबहादुर जोराका अनुसार, अधिकांश दुर्घटना मोटरसाइकल र स्कुटी जस्ता दुईपांग्रे सवारीसँग सम्बन्धित छन्। विशेषगरी तराईका कैलाली र कञ्चनपुरमा दुर्घटनाको संख्या बढी रहेको छ। पहाडी जिल्लामा ठूला सवारी दुर्घटना घटेको भए पनि साना सवारी र रातिमा लागू औषध सेवन गरी तीव्र गतिमा चलाउने प्रवृत्तिले दुर्घटना बढाएको बताइएको छ।

nawajiwan

सवारी दुर्घटनामा कारबाही गर्दै ट्राफिक प्रहरीले चालु आर्थिक वर्षमा ४ करोड २५ लाखभन्दा बढी राजश्व संकलन गरेको छ। दुर्घटना न्यूनीकरणका लागि लिडार स्पीड गन प्रयोग, लागू औषध परीक्षण, जनचेतनामूलक कार्यक्रम र स्कुल सम्पर्क अभियान सञ्चालन गरिएको छ। राजमार्गमा छाडा चौपायाको व्यवस्थापन समेत चुनौतीका रूपमा रहेको ट्राफिक कार्यालयको निष्कर्ष छ।