
अत्तरिया : महिला तथा बालबालिका सेभ हाउस अत्तरियामा रहेका ८ जना बालबालिकाहरुलाई विद्यालय पोसाक वितरण गरिएको छ। हेमा श्री फाउन्डेसन नेपालकी संस्थापक अध्यक्ष समेत रहेकी मन्जु पौड्याल (हेमा श्री) हाल अमेरिका कर्मथलो बनाउदै आएकी उनले आफ्नो जन्मदिनको अवसरमा सेभ हाउसका बालबालिकालाई पोशाक वितरण गरेको हो ।

हेमा श्री फाउन्डेसन कार्यबाहक अध्यक्ष हेमन्त बाजे र सचिव चक्रजित रावलको उपस्थितिमा विद्यालय पोसाक विततरण गरिएको छ ।

बुवाको प्रेरणाका कारण जन्मदिनमा हुने फजुल खर्च कटाएर जन्मदिनको अवसरमा केही सकारात्मक काम गरौँ भन्ने मनमा लागेकाले सो ठाउँमा रहेका असाय बालबालिकाहरु लाई पोसाक सहयोग गरेकी जनाईन । सबैले फजुल खर्च गरेर मनाउनेको साटो दिनदुखीको सहयोग गरेर मनाउन आग्रह पनि गरेकी उनले गरेकी छन। साथै, उनले असाय, अनाथ बालबालिकालाई पठनपाठनमा सहयोग गर्ने उद्देश्यले पोसाक वितरण गरि जन्मदिन मनाउन पाउँदा आफू अत्यन्तै खुशी भएको र आगामी बर्षमा पनि यस्तै सामाजिक कार्य गर्ने बताईन।

जन्मउत्सव तथा पोसाक वितरण कार्यक्रममा फाउन्डेसन कार्यबाहक अध्यक्ष हेमन्त बाजे, सचिव चक्र रावल, महिला तथा बालबालिका सेभ हाउस अध्यक्ष जानकी मलासी, समता स्कुल प्रअ रितु पाण्डे शाहु, समाजसेवी लछ्मण बोगटी, यसोदा भट्ट, सेभ हाउसमा रहेका बालबालिका लगायतको उपस्थिति रहेको थियो।
जन्मदिन मनाउँदै तथा पोसाक बितरण कार्यक्रममा बोल्दै बक्ताहरुले सेभ हाउसमा रहेका बालबालिकाहरु लाई पोसाक किन्न समेत गाह्रो पर्ने भएकाले सहयोग गरेकोमा जन्मदिनको सुभकामना ब्यक्त गरेका हुन। मन्जु पौड्याल (हेमा श्री) हेमा श्री फाउन्डेसन नेपालकी केन्द्रीय अध्यक्ष तथा संस्थापक समेत हुन। यस अघि पनि फाउन्डेसन अध्यक्ष हेमा श्री ले आफ्नो जन्मदिनमा विद्यार्थीहरु लाई शैक्षिक सामग्री, पोसाक र दिनदुखी लाई ह्विल चेयर सहयोग गर्दै आईरहेकी छन।
































