राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक

Image
Nisarga Hospital

नेपाल राष्ट्र बैंकले आज (साउन ४ गते) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३८ रुपैयाँ १४ पैसा तोकिएको छ। युरोपियन युरोको खरिददर १६० रुपैयाँ १३ पैसा र बिक्रीदर १६० रुपैयाँ ८३ पैसा रहेको छ। युके पाउण्ड स्ट्रलिङको खरिददर १८५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८५ पैसा छ।

अन्य प्रमुख मुद्राहरूको दर यस्तो छ:

  • अष्ट्रेलियन डलर: खरिददर ८९.७१, बिक्रीदर ९०.१०

  • क्यानेडियन डलर: खरिददर १००.२३, बिक्रीदर १००.६७

  • सिङ्गापुर डलर: खरिददर १०७.१८, बिक्रीदर १०७.६४

  • जापानी येन (१०): खरिददर ९.२६, बिक्रीदर ९.३०

  • चिनियाँ युआन: खरिददर १९.१६, बिक्रीदर १९.२५

  • साउदी रियाल: खरिददर ३६.६७, बिक्रीदर ३६.८३

  • कतारी रियाल: खरिददर ३७.७३, बिक्रीदर ३७.९०

  • युएई दिराम: खरिददर ३७.४५, बिक्रीदर ३७.६१

  • कुवेती दिनार: खरिददर ४५०.१५, बिक्रीदर ४५२.१२

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले आवश्यक परेमा विनिमय दरमा कुनै पनि बेला संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर फरक हुन सक्ने र अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा हेर्न सकिने छ।