धनगढीमा खोजीखोजी सहायता: तीन वर्षमा ४८८ अपाङ्गता भएका व्यक्ति लाभान्वित

Image
Nisarga Hospital

धनगढी उपमहानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गर्दै लगातार तेस्रो वर्ष नि:शुल्क सहायता सामग्री वितरण कार्यक्रम सञ्चालन गरेको छ।

CP Hospital Dhangadhi

आर्थिक वर्ष २०७९/८० बाट सुरू गरिएको कार्यक्रमलाई २०८१/८२ मा पनि निरन्तरता दिइएको उपमहानगरले जनाएको छ। यस वर्ष उपमहानगरले नगरलाई पाँच क्लस्टरमा विभाजन गरी मंसिर २३ देखि २७ गतेसम्म विभिन्न वडामा ‘स्क्यानिङ क्याम्प’ सञ्चालन गर्‍यो।

क्याम्प क्रमशः वडा नं. १४ फूलबारी, वडा नं. १५ उर्मा, वडा नं. ९ सहित जुगेडा क्लस्टर, वडा नं. ६, ११ र १३ मा सञ्चालन गरिएको थियो। अन्तिम क्याम्प मंसिर २७ गते उपमहानगर कार्यालय परिसरमै गरिएको थियो।

nawajiwan
Attariya Hospital

उक्त क्याम्पमा १४३ जना सहभागी भएका थिए। जसमध्ये १२२ जनाको विवरण संकलन गरी स्क्यानिङ गरिएको थियो। आवश्यकताका आधारमा उनीहरूलाई सहायता सामग्री वितरण गरिएको उपमहानगरले जनाएको छ।

यसअघि आर्थिक वर्ष २०७९/८० मा १५० जना र २०८०/८१ मा २१६ जना लाभान्वित भएका थिए। तीन वर्षको अवधिमा कुल ४८८ जना अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामग्री वितरण गरिएको हो।

उपमहानगरपालिकाले अपाङ्गता भएका व्यक्तिको दैनिक जीवन सहज बनाउन यो कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।