सिरिया–इजरायल युद्धविरामको घोषणा, अमेरिकी मध्यस्थतामा सहमति

Image
Nisarga Hospital

सिरिया र इजरायलबीच युद्धविरामको सहमति भएको टर्कीका लागि अमेरिकी राजदूत तथा सिरिया मामिलाका विशेष दूत टम ब्यारेकले शुक्रबार घोषणा गरेका छन्। उनले उक्त सम्झौतालाई टर्की, जोर्डन लगायतका छिमेकी मुलुकहरूले स्वागत गरेको जानकारी दिएका छन्।

CP Hospital Dhangadhi

ब्यारेकले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, “हामी ड्रुज, बेडुइन, सुन्नीहरूलाई हतियार बिसाउन र अन्य अल्पसंख्यकसँग मिलेर नयाँ संयुक्त सिरियाली पहिचान निर्माण गर्न आह्वान गर्छौं।”

यद्यपि, युद्धविरामसम्बन्धी सहमतिमा सिरिया वा इजरायल दुवै सरकारको औपचारिक प्रतिक्रिया आएको छैन।

nawajiwan

यसअघि बुधबार इजरायलले सिरियाको डामास्कसमा हवाई आक्रमण गरेको थियो। इजरायलका अनुसार ती आक्रमण ड्रुज समुदायको सुरक्षा गर्नका लागि गरिएको थियो। आक्रमणमा सरकारी भवनहरू लक्षित गरिएको सिरियाली अधिकारीहरूले जनाएका छन्, जसमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ।

सिरियाली टेलिभिजनको प्रत्यक्ष प्रसारणको क्रममा रक्षा मन्त्रालयमा आक्रमण हुँदा समाचार प्रस्तोता नै क्यामराबाट ओझेल परेका दृश्यहरू सार्वजनिक भएका छन्।

Attariya Hospital

सिरियाली राष्ट्रपति अहमद अल-शराले बुधबार राति टेलिभिजन सम्बोधन गर्दै स्वैदा क्षेत्रमा सक्रिय सेनालाई फिर्ता हुन निर्देशन दिएको बताए। सो क्षेत्रमा ड्रुज मिलिसिया र बेडुइन गुटबीच झडप भइरहेका छन्।

सम्बोधनमा राष्ट्रपति अल-शराले इजरायलले सिरियाली जनतालाई विभाजन गर्न खोजेको र देशलाई अराजक युद्धभूमिमा परिणत गर्न चाहेको आरोप पनि लगाएका छन्।

यसबिच अमेरिकाले सिरियामा बढ्दो तनावप्रति गहिरो चासो व्यक्त गर्दै कूटनीतिक प्रयासहरूलाई तीव्र बनाएको बताएको छ।

— सीएनएन स्रोत