पूर्वी भारतमा चट्याङले ३३ जनाको ज्यान गयो, दर्जनौँ घाइते

Image
Nisarga Hospital

पूर्वी भारतको बिहार राज्यमा मनसुनी आँधीका क्रममा परेको चट्याङका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।

CP Hospital Dhangadhi

भारतको विपद् व्यवस्थापन विभागले जारी गरेको विज्ञप्तिअनुसार बुधवार र बिहीबार परेको चट्याङ खुलेको स्थानमा रहेका किसान र मजदुरहरूलाई बढी प्रभावित पारेको छ।

राज्यका केही भागहरूमा अझै भारी वर्षा र चट्याङको सम्भावना रहेको भन्दै पटनाका अधिकारीहरूलाई सतर्कता अपनाउन निर्देशन दिइएको छ। विपद् व्यवस्थापन मन्त्री विजयकुमार मण्डलका अनुसार चट्याङको चेतावनीपछि आवश्यक सावधानी अपनाउन सम्बन्धित जिल्ला प्रशासनलाई सूचित गरिएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

पटना सरकारले चट्याङबाट ज्यान गुमाउने परिवारलाई प्रति व्यक्ति ४० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ।

सन् २०२३ मा २७५ र सन् २०२४ मा हालसम्म २४३ जनाको चट्याङका कारण मृत्यु भइसकेको सरकारी तथ्यांकले देखाएको छ।

मनसुनको समयमा बिहारसहित भारतको पूर्वी क्षेत्र बाढी, आँधी र चट्याङको उच्च जोखिममा पर्ने गरेको र हरेक वर्ष लाखौँ मानिस विस्थापित हुने जनाइएको छ।

Dhnagadhi & Krishanapur