
अत्तरिया: गोदावरी नगरपालिका अन्तर्गत अत्तरिया क्षेत्रका हार्डवेयर व्यवसायीहरुले शनिबार एक भेलाको आयोजना गर्दै ऐक्यबद्धता जनाएका छन्। अत्तरिया स्थित दुर्गा मन्दिर परिसरमा सम्पन्न उक्त भेलाले तदर्थ समिति गठन गरिएको छ।

समितिको संयोजकमा केशर ट्रेडिङ कन्सर्नका सञ्चालक रोहित जोशी चयन भएका छन्। भने चाँदनी सप्लायर्सका सञ्चालक अनिश सिंह सचिव र जे जे ट्रेड कन्सर्नका सञ्चालक यज्ञराज जोशी कोषाध्यक्षमा चयन भएका छन्।

सम्पन्न भेलाको निर्णय अनुसार प्रत्येक महिनाको दोस्रो र चौथो शनिबार पसल बन्द गराई समितिलाई पूर्णता दिने निर्णय सर्व सहमतिले पारित गरिएको तदर्थ समिति सचिव अनिश सिंहले जानकारी दिए।
































