जेलेन्स्कीको शान्तिको पहल : युद्ध विरामका लागि रुससँग पुनः वार्ता तयारी

Image
Nisarga Hospital

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले चाँडै युद्ध विरामको पहल गर्नुपर्नेमा जोड दिएका छन्। शनिबार युक्रेनवासीलाई सम्बोधन गर्दै उनले आगामी साता रुससँग युद्ध रोक्न पहल थालिने बताएका हुन्।

CP Hospital Dhangadhi

राष्ट्रपति जेलेन्स्कीका अनुसार युक्रेनी रक्षा काउन्सिलका प्रमुख रुस्तम उमेरोभले युद्धविरामको प्रस्ताव रुसलाई दिइसकेका छन्। उनले दुवै पक्षले मानवीय क्षति रोक्दै बन्दीहरूको अदलाबदली सुरु गर्नुपर्नेमा जोड दिएका छन्।

उनले नेतृत्व तहको वार्ता सुरक्षित स्थानमा हुनुपर्ने बताएर आफू त्यसका लागि तयार रहेको जनाए।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यसअघि जुन महिनामा भएको वार्ता रुसले अत्यधिक भूभागको माग गरेपछि निष्कर्षविहीन बनेको थियो। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ५० दिनभित्र युद्ध रोकिएन भने रुसमाथि कडा प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए। सोही सन्दर्भपछि जेलेन्स्कीले पुनः शान्तिको प्रयास अघि बढाएका हुन्।

Dhnagadhi & Krishanapur