सुदूरपश्चिमको स्थानिय तहमा स्वास्थ्य सेवा ठप्प, स्वास्थ्यकर्मी आन्दोलनमा

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरू स्थानीय सेवा ऐनमा भएको विभेदको विरोधमा आन्दोलनमा उत्रिएका छन्। माग सम्बोधन नभएको भन्दै उनीहरूले आजदेखि आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प पारेका छन्।

CP Hospital Dhangadhi

स्थानीय तह स्वतन्त्र स्वास्थ्यकर्मी संघर्ष समितिको नेतृत्वमा भइरहेको आन्दोलन अन्तर्गत प्रदेशभरका ८८ स्थानीय तहका स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द गरिएको बैतडीको भौनेली स्वास्थ्यचौकीका प्रमुख सुरेन्द्रसिंह महराले जानकारी दिए।

संघर्ष समितिका संयोजक राजेन्द्रसिंह साउँदका अनुसार स्वास्थ्य सेवा ऐन, २०५३ बमोजिम पदनाम कायम गर्दै समायोजन ऐन, २०७५ अनुसार समायोजित स्वास्थ्यकर्मीहरूलाई तह वृद्धि गर्नुपर्ने माग राखिएको छ। तर, प्रदेश सरकारले ल्याएको स्थानीय सेवा ऐनले विभेदकारी व्यवहार गरेको भन्दै स्वास्थ्यकर्मीहरू आन्दोलित बनेका हुन्।

nawajiwan
Attariya Hospital

स्वास्थ्यकर्मीहरूले सरकारलाई पटक–पटक ज्ञापनपत्र बुझाउँदा पनि बेवास्ता भएको आरोप लगाएका छन्। उनीहरूका अनुसार ऐनले कर्मचारी समायोजन ऐनअनुसारका सेवा सुविधा नदिएको र पद संरचना स्पष्ट नगरेको गुनासो छ।

आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द भएपछि हजारौँ सेवाग्राहीको स्वास्थ्य उपचारमा समस्या देखिएको छ। स्वास्थ्य विज्ञहरूका अनुसार आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हक भएकाले स्वास्थ्यकर्मीको जायज मागलाई तत्काल सम्बोधन गर्न सरकारले चासो दिन जरुरी छ।