ज्योतिषीका अनुसार आजका लागि यी ७ राशिका मानिसहरूको भाग्य चम्किदै छ भने बाँकीलाई सामान्य, अनि तपाईंको राशिलाई कस्तो छ त ? पढ्नुहोस् साउन महिनाको ५ गते सोमबारका दैनिक राशिफल

Image
Nisarga Hospital

आज – ०५ साउन २०८२ सोमवार को राशिफल

CP Hospital Dhangadhi

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बुद्धिको प्रयोगले शैक्षिक क्षेत्र फराकिलो हुनेछ। घरपरिवारमा सुमधुर सम्बन्ध बनाउने प्रयास गर्नुहोस्। कार्यक्षेत्रमा बाधा आउनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

nawajiwan

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनावश्यक खर्चका योग छन्। व्यर्थको कार्यमा आफ्नो समय र ऊर्जा व्यय हुनेछ। पद प्रतिष्ठामा र मानसम्मानमा कमी आउनेछ। आज को शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा कार्य समयमा सिद्ध हुनाले मानसम्मान मिल्नेछ। उच्च अधिकारीहरूबाट सहयोग र प्रोत्साहन मिल्नेछ। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। कार्यक्षेत्रमा अरुको विश्वासमा कार्य नछोड्नुहोला। लापरवाहीले गर्दा अवसर गुमाउन सकिनेछ। आध्यात्मिक ज्ञानमा विकास हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शत्रुमाथि विजय पाइनेछ। कार्यक्षेत्रमा मेहनतको राम्रो परिणाम मिल्नेछ। अरुको झै झगडामा अगाडि नसरौँ। नोकरी वा पेशामा अधिकारीहरूको साथ र सहयेग मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ९ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पुराना कुरालाई लिएर घर परिवारमा मनमुटाव रहनेछ। मन अशान्त रहनेछ। नयाँ कार्य प्रारम्भ गर्नुभन्दा अघि माननीयजनहरूबाट सल्लाह लिनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

Attariya Hospital

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजको दिन हजुरको लागि अनुकूल रहनेछ। सुख र आनन्दको प्राप्ति हुनेछ। शुभचिन्तकहरूबाट नयाँ उपहार मिल्नेछ। साहित्य वा कलाको क्षेत्रमा रुचि बढ्नेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक १ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। आय आर्जनका नयाँ स्रोत फेला पर्नेछन्। समयको सदुपयोग गर्नुहोस्। अरुको लैलैमा कुनै निर्णय नलिनुहोला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार व्यवसायमा हतार हतारमा कुनै निर्णय नलिनुहोला। धर्मकर्ममा मन जानेछ। प्रशासनिक वा राज्यपक्षबाट सम्मान मिल्ला। दिगो कार्य प्रारम्भ गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यापार व्यवसायमा सन्तोषजनक परिणाम मिल्नेछ। कार्यक्षेत्रमा जीवनसाथीबाट सहयोग मिल्ला। स्वास्थ्यले साथ दिनेछ। यात्रा सुखद रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पारिवारिक कारणले मनमा चिन्ता रहनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। उच्च शिक्षामा नयाँ अवसर मिल्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफन्त र मित्रहरूबाट सहयोग मिल्नेछ। पराक्रममा वृद्धि हुनेछ। समय उत्तम रहेको छ। सानो दूरीको छोटो वा मिठो यात्राको योग छ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।

हाम्रो पात्रो बाट