
सिरियाको स्वेडा क्षेत्रमा शनिबारदेखि सुरु भएको साम्प्रदायिक हिंसामा परी कम्तीमा ९४० जनाको मृत्यु भएको छ। बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार ड्रुज र बेदुइन समुदायबीचको झडपले भीषण रूप लिएपछि यो अवस्था आएको हो।

दुई दिनदेखि स्वेडामा मेसिनगन र मोर्टारको गोलाबारी जारी रहँदा स्थानीयवासी त्रसित छन्। इस्लामिक नेतृत्वको सरकारले युद्धविराम प्रयास गरे पनि सफल हुन सकेको छैन।
सरकारले सुरक्षाका लागि सेना तैनाथ गरे पनि झडप जारी छ। गृह मन्त्रालयले स्वेडामा अवस्था नियन्त्रणमा आएको दाबी गरे पनि स्थानीय मिडियाले त्यसको खण्डन गरेको छ।




सरकारी सुरक्षाकर्मीहरू र ड्रुज लडाकुहरूबीच समेत झडप भएको बताइएको छ। अवस्था अझै तनावग्रस्त रहँदा मृतक संख्या बढ्न सक्ने अनुमान गरिएको छ।



































