ओलीको सत्ता मोहमाथि रावलको प्रहार: ‘बाल्यकालसमेत घटाउन कार्यदल बनाउने कि?

Image
Nisarga Hospital

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वका लागि लागु गरिएको ७० वर्षे उमेर सीमा हटाउने प्रस्ताव अघि सारेपछि पूर्व उपाध्यक्ष डा. भीम रावलले सामाजिक सञ्जालमार्फत तीव्र व्यंग्य गरेका छन्।

CP Hospital Dhangadhi

रावलले ओलीको ‘अतृप्त पद र सत्ता भोक’प्रति प्रश्न उठाउँदै लेखेका छन्, “७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा बसेको अवधि पनि घटाउनुपर्छ भन्ने कुरा केपीबाट बैठकमा पेश भएछ। केपीको अतृप्त पद र सत्ता भोक शान्त पार्न उहाँको राजनीतिमा आउनुअघिको बाल्यकाल, काम नगरी सुतेको र बिरामी भएर काम नगरेको अवधि पनि घटाउन कार्यदल बनाउने कि?”

Attariya Hospital

केही दिन अघि सचिवालय बैठकमा अध्यक्ष ओलीले उमेर हद हटाउनुपर्ने तर्क गर्दै आफुले जेलमा बिताएको समय नघटाइने हो भने आफू अन्यायमा पर्ने बताएका थिए। उनले उमेर सीमा हटाउने प्रस्ताव औपचारिक रूपमा पेस गरेका थिए।

nawajiwan