२० वर्षदेखि पुलमुनिको बास: सुरक्षित आवासविहीन शुक्लाफाँटाका २८ परिवारको पीडा

Image
Nisarga Hospital

कञ्ननपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित पूर्व–पश्चिम राजमार्गको बनहरा पुलमुनि २८ परिवार दुई दशकदेखि अस्थायी टहरामा जीवन बिताउँदै आएका छन्। डडेल्धुराको आलितालबाट पहिरोले विस्थापित भएका दलबहादुर बोहरा विसं २०६२ देखि पुलमुनिमा बस्दै आएका छन्। “वर्षामा बाढीको डर, जङ्गली जनावर र सर्पको त्राससँगै बालबच्चा जोगाउन कठिन छ,” उनले दुःख पोखे।

CP Hospital Dhangadhi
Attariya Hospital

स्थानीय लक्ष्मण विष्ट भन्छन्, “जनप्रतिनिधि दिनहुँ गाडीमा यहाँबाट आउजाउ गर्छन्, तर कसैले हाम्रो पीडा सुन्दैन।” अधिकांश बासिन्दा मजदुरी गरेर जीविका चलाउँछन्, तर पछिल्ला दिनमा कामको अभावले छाक टार्नै मुस्किल परेको गुनासो छ।

१३ वर्ष भारतमा मजदुरी गरेका प्रेमबहादुर साउद हाल रोजगारी नपाएर घरमै छन्। नगरपालिकाले निस्सा वितरण गरे पनि आवासका लागि जग्गा उपलब्ध नगराएको उनीहरूको आरोप छ। शिक्षा र पुनःस्थापनाको माग गर्दै उनीहरू अझै राज्यको सहयोगको प्रतीक्षामा छन्।

Advertize US