बैतडीमा आलु बारीमै कुहिन थाले, किसानको लाखौँको घाटा

Image
Nisarga Hospital

बैतडीको पुर्चौडी नगरपालिका–६ भूमिराजगाउँका करिब ८० किसानको मेहनतले फलाएको आलु बारीमै कुहिन थालेको छ। बजार अभाव र अवरुद्ध सडकका कारण बिक्री हुन नसक्दा किसान संकटमा परेका छन्।

CP Hospital Dhangadhi

स्थानीय किसान तेजबहादुर विष्टका अनुसार बारी र गोठमा थन्क्याइएको रातो र सेतो आलु प्रतिकिलो २० रुपैयाँमै पनि बिक्री हुन सकेको छैन। बर्खे सडक अबरुद्ध भएकाले मुख्य बजारसम्म आलु लैजान नसकिएको किसानको गुनासो छ। रुइसेनी र धारुडीगाउँका किसानहरू पछिल्लो समय व्यावसायिक आलु खेतीमा लागे पनि उचित मूल्य नपाएर घाटामा परेका छन्।

Attariya Hospital

कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीका अनुसार यस वर्ष आठ सय हेक्टरमा आलु खेती भएको हो। पानी समयमै परेकाले उत्पादन राम्रो भए पनि ग्रामीण सडक बन्द हुँदा समस्या भएको बताए।

nawajiwan

नगर प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले किसानको समस्या समाधानका लागि छलफल भइरहेको जानकारी दिए।