
नेपाल आइडल सिजन सिक्सको टप १० मा डोटीका नीरज विश्वकर्मा पुगेका छन्। दिपायल सिलगढी नगरपालिका–४, राजपुर निवासी नीरजलाई भोट गर्न उनका परिवारले सुदूरपश्चिमवासीसहित सम्पूर्ण देशवासीलाई अपिल गरेका छन्।

नेपालकै ठुलो सांगीतिक प्रतिस्पर्धा मानिने नेपाल आइडल एपी वान टेलिभिजनबाट प्रसारण हुँदै आएको छ। सयौँ प्रतिस्पर्धीलाई पछि पार्दै टप–१० मा स्थान बनाएका नीरज सुदूरपश्चिमबाट एक मात्र प्रतिस्पर्धी हुन्।

उनका बुवा प्रताप विकका अनुसार नीरज सानैदेखि गायनमा रुचि राख्थे र अहिले उनको सपना पुरा हुने मोडमा छ। प्रतियोगिता जिताउन मोबाइलको म्यासेज बक्समा “NI09” टाइप गरी ३७०० मा पठाउन आग्रह गरिएको छ।

शनिबार राति ९:३० बजेबाट मङ्गलबार दिउँसो २ बजेसम्म अनलाइन भोटिङ खुला रहनेछ। विदेशमा रहेका दर्शकले नेपाल आइडल एपमार्फत भोट गर्न सक्नेछन्।






























