डिभिजन वन कार्यालयका सहायक वन अधिकृत पूर्ण शंकर यादव ७ लाख ३१ हजार घुससहित रंगेहात पक्राउ

Image
Nisarga Hospital

धनगढी: डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत पूर्ण शंकर यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित रंगेहात पक्राउ गरेको छ।

CP Hospital Dhangadhi

आयोगको महेन्द्रनगरस्थित क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले यादवलाई सात लाख ३१ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो। उनलाई कार्यालय परिसरमै रहेको अवस्थामा अख्तियार टोलीले पक्राउ गरेको हो।

Attariya Hospital

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार यादवले सो रकम सेवाग्राहीसँग माग गरेको सूचनाका आधारमा निगरानीपछि उनीलाई रंगेहात पक्राउ गरिएको हो।

nawajiwan

हाल उनलाई आवश्यक अनुसन्धानका लागि आयोगको हिरासतमा राखिएको छ।

Advertize US