गाजाको युद्ध अन्त्यको माग गर्दै बेलायतसहित २८ देशको संयुक्त आवाज

Image
JPG converted with https://ezgif.com/webp-to-jpg
Nisarga Hospital

बेलायतसहित २८ देशले गाजामा जारी युद्ध तत्काल अन्त्य गर्नुपर्ने माग गरेका छन्। सार्वजनिक संयुक्त विज्ञप्तिमा इजरायलकाअनुसार राहत वितरण अवरुद्ध गर्नुका साथै सर्वसाधारणको हत्या गरिएको भन्दै कडा निन्दा गरिएको छ।

CP Hospital Dhangadhi

विज्ञप्तिमा अष्ट्रेलिया, क्यानडा, फ्रान्स, इटाली, जापान, न्युजिल्यान्ड र स्वीजरल्यान्डसहितका देशले गाजामा मानवीय संकट चरम सीमामा पुगेको भन्दै युद्धविरामको माग गरेका हुन्।

Attariya Hospital

हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार एक सातामा इजरायली आक्रमणबाट १०९ जना र कुपोषणका कारण १९ जनाको मृत्यु भएको छ। मन्त्रालयले इजरायलले युद्धविराम टार्न झुटो प्रचार गरिरहेको र नागरिक लक्षित आक्रमण गरिरहेको आरोप लगाएको छ।

nawajiwan

उनीहरूले पछिल्लो २१ महिनाको युद्धमा ८ सयभन्दा बढी प्यालेस्टाइनी मारिएको र गम्भीर मानवीय संकट उत्पन्न भएको जनाउँदै तत्काल शान्तिको आग्रह गरेका छन्।