पश्चिम सेती कोरिडोरमा बहुपक्षीय सहकार्य, विद्युत् खेर नजाने मन्त्रीको भनाइ

Image
Nisarga Hospital

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले अब देशमा उत्पादित विद्युत् खेर नजाने बताएका छन्। पश्चिम सेती कोरिडोरमा जलविद्युत् आयोजना र ४०० केभी प्रसारण लाइन निर्माणका लागि बहुपक्षीय समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

CP Hospital Dhangadhi

उनले उक्त समझदारीले सरकारको ऊर्जा विकास मार्गचित्र कार्यान्वयनमा टेवा पुर्‍याउने बताए। “प्रसारण संरचनाको अभाव हटाउँदै विद्युत् खेर जाने समस्या अन्त्यतर्फ जानेछ,” मन्त्री खड्काले भने, “निजी क्षेत्रलाई पनि उत्पादन र बिक्रीमा सहज वातावरण मिल्नेछ।”

हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) को पहलमा पाँच कम्पनी— राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड, चैनपुर सेती जलविद्युत् कम्पनी, चिलिमे सेती हाइड्रोपावर, र समृद्धि इनर्जीबीच समझदारी भएको हो।

nawajiwan
Attariya Hospital

सम्झौताअनुसार बझाङ–निलेगडा–दोधारा ४०० केभी अन्तरदेशीय प्रसारण लाइनसँगै चैनपुर सेती (२१० मेगावाट), सेती–३ (८७ मेगावाट) र माथिल्लो सेती (२१६ मेगावाट) आयोजना निर्माण हुनेछ।

सहकार्यले पश्चिम नेपालमा ऊर्जा पूर्वाधार विस्तारसँगै भारत–नेपाल विद्युत् व्यापारलाई समेत सबल बनाउने अपेक्षा गरिएको छ।

Advertize US