ग्रामीण क्षेत्रमा प्रविधिमैत्री पुस्तकालय विस्तार गर्ने जोशी सम्मानित

Image
Nisarga Hospital

नेपाली कांग्रेस, पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित विशेष कार्यक्रममा प्रविधिमैत्री पुस्तकालय स्थापना र सञ्चालनमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको छ।

CP Hospital Dhangadhi

सोमबार काठमाडौंमा सम्पन्न उक्त कार्यक्रममा नेपाल सामुदायिक पुस्तकालय संघका केन्द्रीय सदस्य, सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष तथा कांग्रेसको सोही विभागका सदस्य पुष्पराज जोशी सम्मानित भएका हुन्।

Attariya Hospital

जोशी हाल कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा अवस्थित प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्षसमेत हुन्। उनलाई प्रविधिमैत्री पुस्तकालयको अवधारणालाई ग्रामीण तथा सुदूर क्षेत्रमा विस्तार गर्न पुर्‍याएको उल्लेखनीय योगदानका लागि सम्मान–पत्र प्रदान गरिएको हो।

nawajiwan