नागरिक उन्मुक्ति पार्टी फेरि विवादमा, महासचिवको हैसियतमा बैठक आह्वान

Image
Nisarga Hospital

नागरिक उन्मुक्ति पार्टी (नाउपा) को शनिबार संसदीय दलको कार्यालयमा बसेको बैठकले दुई निर्णय गरेको छ— संसदीय दलको विधान संशोधन गर्ने र पार्टीको केन्द्रीय समिति बैठक आह्वान गर्ने। यद्यपि दोस्रो निर्णयलाई लिएर पार्टीभित्र विवाद चुलिएको छ।

CP Hospital Dhangadhi

बैठकले श्रावण ९ र १० गते (शुक्रवार र शनिवार) काठमाडौंको मिड–बानेश्वरस्थित सनलाईन क्याफेमा केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो। बैठकमा संसदीय दलका नेता गंगाराम चौधरी, प्रमुख सचेतक लालवीर चौधरी र सचेतक अरुण चौधरी सहभागी थिए। तर पार्टी अध्यक्ष रन्जिता चौधरीको हस्ताक्षर उक्त निर्णयमा छैन।

Attariya Hospital

साथै, महासचिव तथा संसदीय दलका नेता गंगा चौधरीले शनिबार नै सबै २१ केन्द्रीय सदस्यलाई बैठकमा अनिवार्य उपस्थित हुन पत्र काटेका छन्। यद्यपि निर्वाचन आयोगमा दर्ता विवरणअनुसार गंगा चौधरीलाई महासचिवका रूपमा मान्यता दिइएको छैन।

nawajiwan

महासचिवको हैसियतमा बैठक डाकिएको भन्दै उठेको प्रश्नसँगै पार्टी फेरि आन्तरिक विवादमा फसेको छ।