कञ्चनपुरको कृष्णपुरका आयुष भट्ट सम्पर्क विहीन

Image
Nisarga Hospital

कञ्चनपुरको कृष्णपुर नगरपालिका – ६ गजरौलाका १४ वर्षीय आयुष भट्ट सम्पर्क विहीन भएका छन् । सोमबार (हिजो) बिहान घरबाट गजरौला बजार आएका आयुष सम्पर्क विहीन भएका हुन । बिहान ६ बजे तिर पाइन्ट लिने भन्दै घरबाट साइकलमा गजरौला बजार आएका उनी त्यहीबाट सम्पर्क विहीन भएको उनका दाइ भुवन भट्टले बताए ।

CP Hospital Dhangadhi
Attariya Hospital

उनले खोजी गर्दा साइकल गजरौला बजारको प्रतीक्षालयमा भेटिए पनि आयुष नभेटिएको बताए । आफन्त र नजिकका क्षेत्रमा खोजी गर्दा पनि नभेटिएकाले कसैले फेला पारेमा ९८१३१०१८६६ नम्बरमा सम्पर्क गरिदिन उनले आग्रह गरेका छन् ।

nawajiwan