सुदूरपश्चिमका थारू समुदायमा ‘सावनको डोला’ उत्सव सुरु

Image
Nisarga Hospital

साउन महिनाको आगमनसँगै सुदूरपश्चिमका रानाथारू र कठरिया थारू समुदायमा ‘सावनको डोला’ अर्थात् सावनियाँ डोलाको रौनक सुरु भएको छ। परम्परागत पूजा–विधिपूर्वक डोला राखेसँगै विभिन्न गाउँमा महिलाहरू सामूहिक रूपमा पिङ (डोला) खेल्न थालेका छन्।

CP Hospital Dhangadhi

रानाथारू बस्तीहरूमा श्रावण कृष्णपक्ष प्रतिपदाको दिनदेखि सावनकी डोला राख्ने चलन छ भने कठरिया थारू समुदायमा एक पाख अर्थात् १५ दिनसम्म सावनियाँ डोला खेलिन्छ। काठको खम्बा गाडेर तयार पारिएको डोलामा महिलाले लोकगीत गाउँदै रमाउँछन्। पुरुषले गीत गाएर उत्साह थप्ने चलन रहेको छ।

Attariya Hospital

डोला उत्सव श्रावण शुक्ल तृतीयासम्म मनाइन्छ। तृतीयाको दिन दिदीबहिनी, दाजुभाइ र भतिजाको दीर्घायुको कामनासहित तिज व्रत बसिन्छ र डोला काटेर उत्सव समापन गरिन्छ। तिजमा सिमही, गुलगुला, पपरालगायत परिकार खाने परम्परा छ।

nawajiwan

कैलाली र कञ्चनपुरका थारू बस्तीमा संस्कृति र समुदायबीचको एकता झल्काउने यो उत्सव अझै उल्लासका साथ मनाइँदैछ।