कांग्रेस गोदावरीद्वारा विपि स्मृतिको अबसरमा बिरामीलाई फलफूल वितरण

Image
Nisarga Hospital

कैलालीको अत्तरियामा ४३ औँ विपि स्मृति दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण गरिएको छ। नेपाली कांग्रेस गोदावरी नगरकार्य समितिले मंगलबार गोदावरी नगरपालिका–३ स्थित मालाखेती अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरेको हो।

CP Hospital Dhangadhi

कार्यक्रम कांग्रेस गोदावरी नगर सभापति विरबहादुर चोखालको नेतृत्वमा सम्पन्न भयो। उनले विपि कोइरालाको सिद्धान्तलाई आत्मसात गर्दै कांग्रेसलाई एकतावद्ध, सुदृढ र जनमुखी बनाउनुपर्नेमा जोड दिए। विपिले देखाएको मार्गदर्शनअनुसार अघि बढ्न सबैलाई आग्रहसमेत गरे।

Attariya Hospital

कार्यक्रममा कांग्रेस क्षेत्रीय सभापति वसन्त रोकाया, प्रदेश सभापति गोपालदत्त भट्ट, वडा सभापति, वडा अध्यक्ष, नेपाल तरुण दल लगायतको उपस्थिति थियो।

nawajiwan

विपिको स्मृतिमा मंगलबार विभिन्न ठाउँमा विविध कार्यक्रम गरी दिवस भव्यरूपमा मनाइएको हो।

Advertize US