चक्र नागरी पुनः नवज्योति माविको व्यवस्थापन समिति अध्यक्षमा मनोनीत

Image
Oplus_16908288
Nisarga Hospital

गोदावरी नगरपालिका–३, मालाखेतीस्थित नवज्योति माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा चक्र नागरी सर्वसम्मत रूपमा पुनः मनोनीत भएका छन्।

CP Hospital Dhangadhi

नागरीको यो दोस्रो कार्यकाल हो। उनी विगतदेखि नै विद्यालयको शैक्षिक, भौतिक तथा संस्थागत विकासमा सक्रिय भूमिका खेल्दै आएका छन्। विद्यालयको समुन्नत भविष्यका लागि सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

Attariya Hospital

विद्यालयकी प्रधानाध्यापक बसन्ती भट्टले नव मनोनीत अध्यक्षलाई बधाई दिंदै आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न थप योजनाबद्ध प्रयास गरिने बताइन्।

nawajiwan

स्थानीय समुदाय, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको सक्रिय सहभागितामा नवज्योति माविलाई गुणस्तरीय शिक्षाको नमूना संस्थाका रूपमा अघि बढाउने लक्ष्य राखिएको छ।