गोदावरीको सेल्फीडाँडालाई पर्यटकीयस्थलको रुपमा विकास गरिदै, यस बर्ष पनि हजारौ बोटबिरुवा रोपिए

Image
oplus_0
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–४ को बुढीतोला नजिकै रहेको (फोक्सेडाडाँ) सेल्फीडाँडालाई पर्यटकीयस्थलको रुपमा विकास गरिन थालिएको छ ।

CP Hospital Dhangadhi

nawajiwan

सेल्फीडाँडाको रुपमा परिचित ठाउँमा प्रदेशस्तरकै नमूना पार्क निर्माण गर्न गोदावरी नगरोालिका , सेती सामुदायिक वन र बालग्रीस ट्रेडिङ् प्रालिसंगको सहकार्यमा आँप, लिची, अम्बा, सयपत्री, गुल्मोहर लगायतका फूल तथा बोट बिरुवा यस बर्ष पनि रोपिएका छन ।

बुधबार बृक्षारोपण कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले तराई र पहाडको समिपमा रहेको यो सेल्फीडाडाँलाई प्रदेशस्तरकै पार्कको स्वरुपमा डिपिआर अनुसार अगाडि बढाउदै लैजादै गर्दा पछिल्लो समयमा यस पार्कमा फलफूलसँगै सयौँ बोटबिरुवा बृक्षारोपण गरेको बताए । गोदावरी नगरपालिकाले प्लाष्टिक प्रयोगमा निषेध गर्दैगर्दा आउदै गरेको चाँडपर्वलाई मध्यनजर गर्दै सार्वजनिक स्थल, वडा कार्यालय, मठ मन्दिर, अत्तरिया- धनगढी ६ लेन सडक खण्ड लगायत क्षेत्रमा १५ -२० बजार बढी सयपत्री फूलका बोट बिरुवा रोपेको जानकारी नगर प्रमुख भट्टले गरेका छन । साथै उत्पादिक फुलहरु सहुलियतदरमा जनताले फूलमाला पाउनेमा आफू विश्वस्त गरेको समेत बताएका छन ।

Attariya Hospital

भिमदत्त राजमार्ग अन्तरगत गोदावरी पुलबाट सवारीमार्फत करिब १५ मिनेटको दुरीमा पर्ने सेल्फीडाँडामा पार्क निर्माण भएमा पर्यटकको संख्या समेत वृद्धी हुने नगरपालिकाको विश्वास लिएको छ ।

यस्तै सेल्फीडाडालाई पर्यटकीय बनाउनमा अहोरात्र खटिएका युवा व्यावसायी हरिदत्त भट्टराईका अनुसार सेती सामुदायिक वन र बालग्रीस ट्रेडिङ् प्रा.लि मिलेर स्थानीय सरकार, संघिय सरकार, सामुदायिक वन र स्थानिय जनतासँग सहकार्य गर्दै थोरै मात्रमा सेयर लागत गरी चारैतिर तारबार गरेको तराईको गर्मी छल्ल आन्तरिक पर्यटनको गनब्य बनाउनका लागि अहिले सम्म २० हजार बढी बोटबिरुवाको बृक्षारोपण गरेको बताएका छन । यस सेल्फी डाडाँलाई पर्यटन सँगै यस क्षेत्रका जनताको जीविका पार्जनमा सहयोग पुगोस र घुम्न आउने आन्तरिक र बाह्य पर्यटकलाई मनमोहक पार्न आगामी दिनमा अन्य गतिबिधिबाट जनतालाई खुसी पार्ने बताएका छन ।