
अत्तरियाः प्रजातन्त्रबादी प्राध्यापक संघ, दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको वार्षिक साधारणसभा आइतबार भव्य रूपमा सम्पन्न भएको छ। संघका सभापति हर्क बहादुर साउदको अध्यक्षता तथा प्रमुख अतिथि जनकराज जोशी, विशिष्ट अतिथि डा. नरेन्द्र बहादुर ऐर र डा. डम्वर बहादुर पालको आतिथ्यतामा सम्पन्न कार्यक्रम संघका सचिव भुवनराज जोशीले सञ्चालन गरेका थिए।

सभामा विभिन्न वक्ताले संघको गतिविधि, आदर्श र भावी योजनामाथि स्पष्ट धारणा राख्दै संघलाई अझ सुदृढ र परिणाममुखी बनाउन सुझावहरू प्रस्तुत गरे।


संघका कोषाध्यक्ष लोकबहादुर महराले आर्थिक प्रतिवेदन प्रस्तुत गरे, जसलाई सभाले सर्वसम्मतिमा पारित गर्यो। साथै, नवप्रवेशी प्राध्यापकहरूलाई संघमा स्वागत तथा सम्मान गरिएको थियो।
सभाले सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतका १६ क्याम्पसका प्रजातन्त्रबादी प्राध्यापक संघहरूबीच सल्लाह र समन्वय गर्न बैठक आह्वान गर्ने निर्णय पनि गरेको छ। सो जिम्मेवारी दुर्गालक्ष्मी क्याम्पसका सभापति साउद र उहाँको कार्यसमितिलाई दिइएको छ।
संघले विगतदेखि प्रजातान्त्रिक मूल्य र प्राध्यापकहरूको हक–हितका लागि सक्रिय रूपमा काम गर्दै आएको र आगामी दिनहरूमा पनि त्यो प्रतिबद्धता कायम राख्ने स्पष्ट गरेको छ।



















