
अत्तरिया : अखिल नेपाल खेलकुद महासंघ कैलालीको अध्यक्षमा जीवन खड्का चयन भएका छ्न । बुधबार धनगढीमा बसेको प्रथम जिल्ला भेलाले खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा रणधिर कर्ण, प्रकाश बिष्ट, पारस कटुवाल, सचिवमा सागर लामा, सहसचिवमा कृष्ण भण्डारी र कोषाध्यक्षमा सम्झना विसी चयन भएको माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कार्यालय सचिव उद्धव भट्टराईले जानकारी दिए । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य बीरभान चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश उपाध्यक्ष अक्कल रावल,रण बहादुर कुँवर,सचिव जनकबहादुर बुढा विशेष अतिथि रहेका थिए ।

अतिथिमा प्रेम बिसी, अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय उपाध्यक्ष तिलक चौधरी, सचिव ललित खत्री लगायत रहेका थिए । रमेश थापामगरको अध्यक्षतामा भएको भेलाको सञ्चालन जयन्द्र दाहालले गरेका थिए भने संचिता चौधरीले स्वागत गरेकी थिइन ।


















