
अत्तरिया : गोदावरी नगरपालिकामा रहेको अत्तरिया साना सहरी खानेपानी संस्थाले महसुल नतिर्ने ग्राहकको मिटर काट्न सुरु गरेको छ । संस्थाले ५ महिना सम्म खानेपानीको लाइन नतिर्ने ग्राहकको मिटर काट्न सुरु गरेको हो ।

संस्थाका कार्यालय प्रमुख कुलानन्द पनेरुले पटक पटक सूचना गर्दा पनि महसुल नतिर्ने ग्राहकको २–३ दिन देखि मिटर लाइन काट्न सुरु गरिएको जानकारी दिए ।

उनले पटक पटक सूचना गर्दा पनि हाल १६ भन्दा बढी ग्राहकले समयमा खानेपानीको महसुल नतिर्ने गरेको बताए । मिटर लाइन काटेका ग्राहकले पुनः जडान गर्न चाहेमा महसुल तिरेर थप नयाँ जडान शुक्ल १५ सय तिर्नुपर्ने उनले बताए ।

गोदावरी नगरपालिका वडा नम्बर १, २ र ४ का खानेपानी वितरण गर्दै आएको संस्थामा हाल ५ हजार ५ बढी उपभोक्ताहरू रहेका छन् ।


















