गोदावरी नगरपालिकाद्वारा ५० प्रतिशत अनुदानमा ५८ ओटा कृषि यान्त्रिकरण मिनिटेलर हस्तान्तरण

Image
{"remix_data":[],"source_tags":[],"source_ids":{},"source_ids_track":{},"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिकाले कृषकहरूको उत्पादन क्षमता बढाउन र श्रम घटाउनका लागि ५८ ओटा कृषि यान्त्रिकरण मिनिटेलर (च्याम्फा) वितरण गरेको छ।

CP Hospital Dhangadhi

नगरपालिकाको कृषि शाखाको संयोजनमा बिहिबार नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख विरेन्द्र भट्ट, उप प्रमुख शारदा देवि रोकाया, वडाअध्यक्षको उपस्थितीमा कृषक समूहका प्रतिनिधिहरूलाई कृषि यान्त्रिकरण मिनिटेलर हस्तान्तरण गरेको हो।

nawajiwan

नगर प्रमुख बिरेन्द्र भट्टले मिनिटेलर हस्तान्तरण समारोहमा बोल्दै भने, “हामी किसानलाई प्रविधिमैत्री बनाउन चाहन्छौं। मेहनत गर्ने हातमा सहुलियत पुग्नुपर्छ भन्ने सोचसाथ हामीले ५० प्रतिशत अनुदानमा यस्ता उपकरण वितरण गरेका हौं। कृषिमा यान्त्रिकीकरण बढे मात्र उत्पादन वृद्धि र आत्मनिर्भरता सम्भव छ। हामीले बितरण गरेको मिनिटेलर बिगतका वर्षमा पनि बितरण गरेकै हो तर ती मिनिटेलरहरुलाई कृषकहरुले बोचेर खाने चलन यदा कदा सुन्नमा आएकोले आगामी दिनमा यस्ता क्रियाकलाप नहुन दिन नगर उप प्रमुखको संयोजकत्वमा समय समयमा अनुगमन हुने समेत बताएका छन ।

तेसै गरी नगर उप प्रमुख शारदा देवी रोकायाले पनि २०७९ सालमा पनि १०० बढी कृषकहरुलाई कृषि यान्त्रिकरण मिनिटेलर बितरण गरेको र यसपाली पनि कृषकको माग र पालिकाको बजेटलाई ध्यानमा राखेर सबै कृषकका लागि पुग्ने गरी मिनिटेलर बितरणं गरेको बताएकी छिन ।

Attariya Hospital

कार्यक्रममा गोदावरी नगरपालिकाको कृषि शाखा प्रमुख नन्दी मल्लले जनताले राखेको माग र छनौट प्रक्रिया अनुसार नगरपालिकाले उपकरण वितरण गरेको जानकारी दिइन्। उनले भनिन्, “कृषक समूहहरूबाट प्राप्त मागलाई विश्लेषण गरी ५० प्रतिशत अनुदानमा हाते मिनी टेलर वितरण गरिएको हो।”

oplus_0

नगरपालिकाले वितरण गरेका हाते ट्रेलरहरू स्थानीय उत्पादनमा उपयोगी हुने जनाउँदै किसानहरूले राहत महसुस गर्ने विश्वास व्यक्त गरिएको छ।

oplus_0

कार्यक्रममा कृषक समूहका प्रतिनिधिहरू, वडाध्यक्षहरू, कृषि शाखाका प्राविधिक र विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कृषि यान्त्रिकरण मिनिटेलर पाए सँगै कृषकहरुले खुसी ब्यक्त गरेका छन ।