बैतडीमा भिरबाट लडेर १७ बर्षीय किशोरीको मृत्यु

Image
Nisarga Hospital

अत्तरिया : बैतडीको पुर्चौडी नगरपालिकामा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको पुर्चौंडी नगरपालिका–५ दहतोली, परगैरा घर भएकी १७ वर्षीया रश्मि बोहराको बुधवार भिरबाट लडेर मृत्यु भएको हो।

CP Hospital Dhangadhi
Attariya Hospital

घर नजिकैको गलेखी भीरमा बाख्रा चराउन गएकी बोहराको लडेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। भिरबाट झण्डै ५० मिटर तल खसेकी उनको घटनास्थलमै मृत्यु भएको हो।बोहरा भूमिराज मावि गहताडमा कक्षा १० मा अध्ययनरत थिइन्।

nawajiwan