कैलारीको सुर्मीनालामा विपद् जोखिम न्यूनीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

Image
Nisarga Hospital

डडेल्धुरास्थित बहुउद्देश्यीय विकास समाज (MPDS) को आयोजनामा कैलारी गाउँपालिका–३, सुर्मीनालामा विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

CP Hospital Dhangadhi

सिमान्तकृत थारु समुदायको बसोबास रहेको सुर्मीनाला बर्सेनि बाढी, डुबान र कटानको उच्च जोखिममा पर्ने क्षेत्र हो। यही पृष्ठभूमिमा कार्यक्रममार्फत समुदायमा विपद्‌सम्बन्धी ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्दै स्थानीय स्तरमै टास्क फोर्स गठन गरिएको आयोजकले जनाएको छ।

कार्यक्रम KIA को सहयोग, कैलारी गाउँपालिकाको समन्वयमा सञ्चालित ‘प्रकोप जोखिम न्यूनीकरणका लागि सुदूरपश्चिम प्रदेशमा बाढी पहिरो प्रभावितलाई सहयोग कार्यक्रम’ अन्तर्गत आयोजना गरिएको हो।

nawajiwan

कार्यक्रमका प्रमुख अतिथि तथा कैलारी गाउँपालिका विपद् व्यवस्थापन समिति संयोजक ठागुराम चौधरीले MPDS संस्थाले विपद् न्यूनीकरणमा उत्कृष्ट काम गर्दै आएको भन्दै टास्क फोर्सलाई प्रदान गरिएको अभिमुखीकरणले उनीहरूको सक्रियता र परिचालन क्षमतामा थप बल पुर्‍याउने विश्वास व्यक्त गरे।

Attariya Hospital

वडा अध्यक्ष सन्तराम चौधरीले विगतदेखि निरन्तर संस्थासँग सहकार्य भइरहेको स्मरण गराउँदै आगामी दिनमा समेत विपद्‌सम्बन्धी तालिम तथा कार्यक्रमका लागि पूर्ण सहकार्य रहने बताए।

कार्यक्रममा शसस्त्र प्रहरी बल नेपालका डीएसपी नवीन चन्दले पूर्व सूचना प्रणाली प्रभावकारी बनाउन सके विपद् व्यवस्थापनमा उल्लेखनीय सहयोग पुग्ने बताउँदै सबै ९ वडामा विपद् सूचक समूह गठन भइसकेको जानकारी दिए।

कार्यक्रममा सामाजिक अगुवा कृष्ण चौधरी, टास्क फोर्सको कोषाध्यक्ष अनिता चौधरी, भलबन्सा रामसमझ चौधरी, रामबहादुर चौधरीलगायतले मन्तव्य राखेका थिए।

सहजीकरण DRR टेक्निकल एक्सपर्ट राजेन्द्र रैकाले गरेका थिए भने कार्यक्रमको सञ्चालन सावित्री चौधरीले र अध्यक्षता टास्क फोर्स अध्यक्ष जगलाल चौधरीले गरेका थिए।