लालझाडी गाउँपालिका वडा कार्यालयमा चोरी, सेवा प्रवाह प्रभावित

Image
Nisarga Hospital

कञ्चनपुरको लालझाडी गाउँपालिका–५ स्थित वडा कार्यालयमा बुधवार राति चोरी भएको छ। अज्ञात समूहले कार्यालयको ढोका तोडेर कम्प्युटर, ल्यापटप, सीपीयू र भित्ते पङ्खा चोरी गरेको वडा अध्यक्ष पहलबहादुर थापाले जानकारी दिएका छन्।

CP Hospital Dhangadhi

उनका अनुसार चोरहरू पछाडिको ढोका र वडा सचिवको कार्यकक्षको ताला फोरेर कार्यालयभित्र प्रवेश गरेका थिए। वडाको कार्यालय अहिले भाडाको घरमा सञ्चालन हुँदै आएको थियो र केही महिनाभित्र आफ्नै भवनमा सर्ने तयारी भइरहेकाले सिसीटीभी जडान गरिएको थिएन।

Attariya Hospital

नजिकैको स्वास्थ्य चौकीमा जडान गरिएको सिसीटीभी मा पनि संलग्नको पहिचान हुन नसकेको वडाले जनाएको छ।

nawajiwan

सबैभन्दा गम्भीर समस्या भने वडा सचिवले प्रयोग गर्ने मुख्य कम्प्युटर चोरी भएपछि सेवाप्रवाहमा ठुलो अवरोध उत्पन्न भएको छ। बिहीबारदेखि वडाको नियमित सेवा सञ्चालनमा बाधा पुगेको जनाइएको छ।

घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का तयार गर्ने काममा जुटेको छ। चोरीमा संलग्नको खोजीका लागि अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।