चौथो राष्ट्रिय ‘सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८२’ को आवेदन फारम खुला

Image
Nisarga Hospital

सुदूरपश्चिमका सांगीतिक प्रतिभाहरूलाई राष्ट्रिय स्तरमा प्रोत्साहन गर्न ‘सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८२’ को चौथो संस्करणको आवेदन फारम खुला गरिएको छ । सुप इन्टरटेन्मेन्ट हाउस प्रालि धनगढी र बाडुल्की मिडिया हाउस प्रालि कञ्चनपुरको संयुक्त आयोजनामा हुने यो प्रतिष्ठित अवार्ड कार्यक्रम यसपालि पनि भव्य रूपमा आयोजना गरिनेछ ।

CP Hospital Dhangadhi

सुप इन्टरटेन्मेन्ट हाउसका अध्यक्ष अनुप चन्दका अनुसार कार्यक्रमको तयारी तीव्र गतिमा अघि बढिरहेको छ । “हामीले सन् २०७९ मा पहिलोपटक अवार्ड सुरु गरेका थियौं, त्यसयता हरेक वर्ष निरन्तरता दिँदै आएका छौं,” अध्यक्ष चन्दले बताउनु भयाे । “यसपटक पनि विभिन्न विधामा कलाकार तथा प्राविधिकहरूलाई सम्मान गरिनेछ,” उहाँले भन्नुभयो ।

Attariya Hospital

मुख्य विधाहरू र उप-विधा
यस वर्षको अवार्डमा निम्न विधाहरू समावेश हुनेछन्:
🟢 गीत विधा:
भाषाभाषी गीत
लोक गीत
डेउडा गीत
आधुनिक गीत
राना थारु गीत
मौलिक/चाडपर्वजन्य गीत
🟢 प्रत्येक विधामा प्रदान गरिने उप-विधागत अवार्डहरू:
सर्वोत्कृष्ट गीत
सर्वोत्कृष्ट गायक/गायिका
सर्वोत्कृष्ट नव गायक/गायिका
सर्वोत्कृष्ट अभिनय (पुरुष/महिला)
सर्वोत्कृष्ट नव अभिनय (पुरुष/महिला)
सर्वोत्कृष्ट सर्जक / नव सर्जक
सर्वोत्कृष्ट निर्देशक
सर्वोत्कृष्ट संगीतकार
सर्वोत्कृष्ट ध्वनि सम्पादन
सर्वोत्कृष्ट एरेञ्जर
सर्वोत्कृष्ट छायांकन
सर्वोत्कृष्ट भिडियो सम्पादन
सर्वोत्कृष्ट श्रृंगार
सर्वोत्कृष्ट कोरियोग्राफर
🟢 अन्य विशेष विधाहरू:
उद्घोषक (पुरुष र महिला)
कला पत्रकारिता (पुरुष र महिला)
खोज कला–पत्रकारिता (पुरुष र महिला)
अवार्डमा सहभागिता सम्बन्धी नियमहरू
✅ सहभागी शुल्क: प्रत्येक विधा रु. १०००/-
✅ विजेता छनोट प्रणाली:
४०% – भोटिङ
५०% – निर्णायक मण्डल
१०% – आयोजक टिमको निर्णय
✅ एक पटक सहभागी भइसकेपछि कुनै विवाद गर्न पाइने छैन ।
✅ सम्पूर्ण प्रक्रिया आयोजकद्वारा तोकिएको नियमअनुसार हुनेछ ।
आवेदन र थप जानकारीका लागि सम्पर्क:
📍 नेपाल:
📞 ९८४८५४१४१० | ९८४८६९८९४४ | ९७६७४१८०९०
📍 भारत:
📞 ८८४८१५७४४५ | ९५६६२६००५७ | ८३२९२७८९११ | ९००४२९७४५२
यो अवार्ड कार्यक्रमले सुदूरपश्चिमको सांगीतिक क्षेत्रमा नयाँ उर्जा थप्ने विश्वास गरिएको छ । राष्ट्रिय मञ्चमा लुकेका प्रतिभाहरूलाई उजागर गर्नका लागि यसले ठूलो भूमिका खेल्नेछ ।

nawajiwan