गोदावरीमा डेढ किलो चरेशसहित चार जना पक्राउ

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका क्षेत्रबाट करिब १.५ किलो (डेढ किलो) चरेशसहित चार जना पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिहरूमाथि लागुऔषध कारोबारमा संलग्न भएको आशंकामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

CP Hospital Dhangadhi

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार, बिहीबार राति वडा नम्बर १ भरतपुर क्षेत्रबाट प्रहरी नायब उपरीक्षक रण बहादुर चन्दको कमाण्डमा खटिएको टोलीले तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका–४ निवासी

चन्द्र सिंह एरी (२८ वर्ष),

nawajiwan

मोहन भट्ट (२५ वर्ष), र

Attariya Hospital

महेश बि.क रहेका छन्।

तीनै जनाको साथबाट करिब आधा किलो चरेश बरामद गरिएको प्रहरीले जनाएको छ।

यस्तै, गोदावरी–२ अत्तरिया स्थित बिपिन होटेलबाट बझाङको छबिसपाथिभारा गाउँपालिका–७ का गगन बोहरा (३९ वर्ष) लाई प्रहरीले पक्राउ गरेको छ। बोहराको साथबाट १ किलो चरेश बरामद गरिएको छ।

पक्राउ परेका चारै जनाविरुद्ध लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरिने तयारी भइरहेको प्रहरीको भनाइ छ।

Advertize US