डडेल्धुरा अस्पतालको प्रमेसुमा डा. सुधा देवकोटा नियुक्त

Image
Nisarga Hospital

डडेल्धुरा: डडेल्धुरा अस्पतालको प्रमुख मेडिकल सुपरीटेन्डेन्ट (प्रमेसु) का रूपमा डा. सुधा देवकोटाले शुक्रबारदेखि औपचारिक रूपमा कार्यभार सम्हालेकी छन्।

CP Hospital Dhangadhi

यसअघि स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखा निर्देशक रहेकी डा. देवकोटालाई असार ३१ गते स्वास्थ्य मन्त्री प्रदीप पौडेलको निर्णय अनुसार डडेल्धुरा पठाइएको थियो।

Attariya Hospital

जिम्मेवारी ग्रहण समारोहमा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझा र निमित्त प्रमेसु डा. नरेन्द्रकुमार खनालले डा. देवकोटालाई स्वागत गरेका थिए। डा. खनालले १०औं तहमा रहँदै प्रमेसुको जिम्मेवारी सम्हाल्दै आएका थिए भने डा. देवकोटा ११औं तहकी अधिकृत हुन्।

nawajiwan

डा. देवकोटाको आगमनसँगै अस्पतालमा गुणस्तरीय सेवा विस्तार र व्यवस्थापनमा सुधार हुने अपेक्षा गरिएको छ।

Advertize US