राना थारू समुदायको तीज पर्वको अवसरमा धनगढी, गोदावरी र पुनर्वास नगरपालिकामा साउन ११ गते सार्वजनिक विदा

Image
Nisarga Hospital

राना थारू समुदायले मनाउने तीज पर्वको अवसरमा सुदूरपश्चिमका तीन स्थानीय तहले साउन ११ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेका छन्।

CP Hospital Dhangadhi

धनगढी उप–महानगरपालिका, गोदावरी नगरपालिका (कैलाली) र पुनर्वास नगरपालिका (कञ्चनपुर) ले आ–आफ्नो कार्यपालिका बैठकको निर्णयअनुसार उक्त दिन स्थानीय सार्वजनिक विदा दिने घोषणा गरेका हुन्।

धनगढी उपमहानगरपालिकाको २०८१ साउन ३१ गते बसेको कार्यपालिका बैठकले तीज पर्वको दिन विदा दिने निर्णय गरेको नगरप्रमुख गोपाल हमालले जानकारी दिए। सो निर्णय अनुसार उपमहानगर अन्तर्गतका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा संघ–संस्थाहरू बन्द रहनेछन्।

nawajiwan
Attariya Hospital

त्यस्तै, गोदावरी नगरपालिकाले पनि २०८२ साउन ३ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार श्रावण शुक्ल तृतीयाका दिन स्थानीय विदा दिने निर्णय गरेको छ। गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले सार्वजनिक सूचना जारी गर्दै अत्यावश्यक सेवाबाहेकका सबै कार्यालय र विद्यालय बन्द रहने जानकारी दिएका छन्।

यसैबीच, कञ्चनपुरको पुनर्वास नगरपालिकाले पनि तीज पर्वका अवसरमा साउन ११ गते एक दिनका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ।

राना थारू समुदायमा विशेष महत्वका साथ मनाइने तीज पर्व महिलाले सामूहिक रूपमा पूजाआजा, नाचगान र सांस्कृतिक परम्पराअनुसार मनाउने प्रचलन छ। समुदायको संस्कृतिप्रति सम्मान प्रकट गर्न स्थानीय तहहरूले सार्वजनिक विदा दिने गरेका छन्।

Advertize US