कृष्णपुरमा छाउगोठ भत्काउने अभियान तीव्र, सर्पदंशबाट युवतीको मृत्युपछि सरोकार बढ्यो

Image
Nisarga Hospital

कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ मा छाउगोठ भत्काउने अभियानलाई तीव्रता दिइएको छ। गत साता महिनावारीका बेला छाउगोठमा बस्न गएकी २८ वर्षीया कमला दमाईं (आउजी) को सर्पदंशबाट मृत्यु भएपछि स्थानीय तहले छाउगोठ अन्त्यका लागि कदम चालेको हो।

CP Hospital Dhangadhi

वडाध्यक्ष मोहन बस्नेतका अनुसार वडाको निगाली र दोमिल्लाको श्रीपुर टोलमा हालसम्म १५ वटा छाउगोठ भत्काइएको छ। अभियानलाई प्रभावकारी बनाउन स्थानीय समिति गठन गरी परिचालन गरिएको उनले जानकारी दिए।

Attariya Hospital

समितिले महिनावारीका सम्बन्धमा समुदायमा सचेतना फैलाउने कार्य पनि सँगसँगै अघि बढाइरहेको छ। वडाध्यक्ष बस्नेतले स्थानीयवासी स्वतःस्फूर्त रूपमा छाउगोठ भत्काउने अभियानमा सहभागिता जनाइरहेको बताए।

nawajiwan

“छाउगोठ भत्काउन अटेरी गर्नेहरूलाई प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ,” उनले भने। पहरीया क्षेत्रहरूमा पनि चरणबद्ध रूपमा यो अभियान सुरु गरिने वडाध्यक्ष बस्नेतको भनाइ छ।

नेपालमा महिलालाई महिनावारीका बेला अलग राख्ने परम्पराले ज्यानै जाने घटनाहरू दोहोरिरहेकाले यस्तो अपमानजनक अभ्यास अन्त्यका लागि स्थानीय तहले कडा कदम चाल्न थालेका छन्।