सुदूरपश्चिममा खडेरीको असर : धानबाली सुक्न थाले, किसान चिन्तित

Image
Nisarga Hospital

अत्तरिया: सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायतका जिल्लामा मनसुनी वर्षा सक्रिय नहुँदा धानबाली खडेरीको चपेटामा पर्न थालेको छ। बोरिङबाट पानी तानेर असार पहिलो साता रोपाइँ गरेका किसान अहिले खेतमा चिरा परेर धान सुक्न थालेपछि चिन्तित छन्।

CP Hospital Dhangadhi

किसान हरिलाल चौधरीका अनुसार दुई हप्तादेखिको सुक्खा मौसमले खेत सुक्दै गएका छन्। ‘रोपाइँ गरे पनि पानी नपरेर बालीनाली मरिन थाले,’ उनले भने।

महाकाली बेसिन फिल्ड कार्यालय, अत्तरियाका प्रमुख सञ्जय साहका अनुसार मनसुन यसपालि १५ दिन छिटै प्रवेश गरे पनि सक्रिय हुन सकेको छैन। असार १६ पछि धनगढीमा २१२.२ मिमि वर्षा भए पनि त्यसयता पर्याप्त वर्षा नभएको उनले जानकारी दिए।

nawajiwan
Attariya Hospital

जलवायु परिवर्तनका असरले नियमित वर्षा चक्रमा अवरोध आउन थालेको उल्लेख गर्दै साहले बेमौसमी मौसमी प्रणालीले खेतीमा नकारात्मक प्रभाव पारिरहेको बताए।

खडेरीसँगै झारपात, किराको संक्रमण र रोगको जोखिम बढेको कृषि प्राविधिकहरूको भनाइ छ। वर्षा अभावको समस्या समाधानमा ध्यान नदिए खाद्य सुरक्षामा गम्भीर असर पर्ने देखिन्छ।