गोदावरी–२ को दुर्गालक्ष्मी नमुना विद्यालयमा अभिभावक भेला , नयाँ व्यवस्थापन समिति चयन प्रक्रिया अघि बढ्यो

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका–२ स्थित दुर्गालक्ष्मी नमुना विद्यालयमा अभिभावक भेला सुरू भएको छ। कार्यक्रमको उद्घाटन वडा नम्बर २ का वडा अध्यक्ष यज्ञ महराले गरेका हुन्।

CP Hospital Dhangadhi

भेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शाहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक हरि प्रसाद ओझाले स्वागत मन्तव्य राखेका थिए भने प्रधानाध्यापक ललन प्रसाद चौबेले विद्यालयको समग्र अवस्था र प्रगतिबारे जानकारी गराएका थिए।

भेलाले आगामी ३ वर्षका लागि नयाँ व्यवस्थापन समिति गठन गर्ने प्रक्रिया थालेको छ। अभिभावक प्रतिनिधिका लागि ५१ जनाले उम्मेदवारी दिएका छन्। तीमध्येबाट ४ जना अभिभावक प्रतिनिधि चयन गरिनेछ। त्यसबाहेक नगरपालिका तर्फबाट २ जना र वडा कार्यालयबाट १ जना प्रतिनिधि पठाइनेछ।

nawajiwan
Attariya Hospital

कानुनी प्रावधानअनुसार अभिभावक, वडा र नगरपालिका प्रतिनिधिहरूमध्येबाट एक जनालाई समितिको अध्यक्ष चयन गरिनेछ। आकांक्षी उम्मेदवारहरूसँग अन्तिम छलफलका लागि विद्यालय प्रशासनले दिउँसो ३ बजे बैठक डाकेको जनाएको छ।