लम्कीमा ट्रकले हाइमास्ट लाइटको पोल ठक्कर दिँदा सहचालक घाइते

Image
Nisarga Hospital

कैलालीको लम्कीचुहा नगरपालिका–२ गणेशपुर चोकमा ट्रकले हाई मास्ट लाइटको पोल ठक्कर दिँदा एक जना घाइते भएका छन्।

CP Hospital Dhangadhi

शनिबार राति पूर्व–पश्चिम राजमार्गअन्तर्गत सडकको बिचमा राखिएको हाइमास्ट लाइटको पोलमा सुदूरपश्चिम प्रदेश ०१००१ ख २७८१ नम्बरको ट्रक ठोक्किँदा पोल ढलेको र लाइट पूर्ण रूपमा क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।

Attariya Hospital

दुर्घटनामा पुनर्वास नगरपालिका–११ का ट्रक सहचालक सुमन सन्यासी घाइते भएका छन्। उनलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा भर्ना गरिएको छ। ट्रक पश्चिमबाट पूर्वतर्फ जाँदै गर्दा पोलमा ठोक्किएको हो। प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ।

nawajiwan
Advertize US