सिगासका युवा नरेन्द्र धामी एनआरएनए पोल्याण्डको सदस्यमा विजयी

Image
Nisarga Hospital

बैतडी – गैर आवासीय नेपाली संघ (एनआरएनए) पोल्याण्ड (२०२५–२०२७) कार्यकालका लागि सम्पन्न आठौँ राष्ट्रिय अधिवेशन अन्तर्गत सदस्य पदमा बैतडीको सिगास गाउँपालिका–९ स्थायी ठेगाना भई हाल पोल्याण्डमा रहनुभएका सक्रिय युवा व्यवसायी नरेन्द्र धामी अत्यधिक मतान्तरसहित विजयी हुनुभएको छ ।

CP Hospital Dhangadhi

हिजो २६ तारिखमा सम्पन्न निर्वाचनमा कुल २७१ मत खसेकोमा धामीले १९६ मत प्राप्त गर्दै अत्यधिक मतान्तरसहित निर्वाचन कै दोस्रो हुदै निर्वाचित. सदस्य हुनुभएको हो । निर्वाचनमा १५ मत बदर भएका थिए ।

nawajiwan

समुदायमा एकता, विश्वास, पारदर्शिता र सेवा भावनाका साथ अघि बढ्ने प्रतिबद्धता जनाउँदै उम्मेदवारी दिनुभएका धामीले विजयी भएपछि पोल्याण्डमा रहेका सम्पूर्ण नेपालीको हक, हित र अधिकारको संरक्षणका लागि थप जिम्मेवार ढंगले काम गर्ने बताउनुभएको छ ।

Attariya Hospital

उहाँले पोल्याण्डमा रहेका नेपालीबीच भातृत्व, सहकार्य र साझा भावनाको संस्थागत आधार तयार पार्न आफूले निर्वाचित सदस्यको हैसियतमा सक्दो पहल गर्ने जनाउनुभएको छ । साथै, विद्यार्थी, कामदार, व्यवसायी, र पोल्याण्डमा हालै प्रवेश गरेका नयाँ नेपालीहरुलाई आवश्यक सहयोग पुर्‍याउन आफू सदैव अग्रसर रहने उहाँको भनाइ छ ।

धामीले आफ्नो जितलाई सम्पूर्ण नेपाली समुदायको भरोसा, साथ र समर्थनको प्रतिफलका रूपमा लिँदै आगामी कार्यकालमा एनआरएनए पोल्याण्डलाई सबै नेपालीका लागि सशक्त संस्था बनाउन कटिबद्ध रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

उहाँको यो जितले मात्र सिगास गाउँपालिका होइन, सम्पूर्ण बैतडी जिल्ला र नेपालकै गौरव बढाएको छ। पोल्याण्डमा रहेका नेपाली समुदायभित्र उहाँको नेतृत्व दक्षता, सरल व्यवहार र समर्पित सोचको व्यापक चर्चा भइरहेको छ भने बधाई दिनेको ओइरो लागेको छ ।

Advertize US