
अत्तरिया : कैलालीको गौरीगंगा नगरपालिका–६, बनबेहडामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । हेमा श्री फाउन्डेसन नेपाल द्वारा आयोजित गौरीगंगा–११,स्पोट्र्स क्लब मसुरियाको समन्वय रक्तदान कार्यक्रममा भएको हो । रक्तदानमा नेपाल रेडक्रस सोसाइटी कैलाली र कालिका मेडिकल हलको प्राविधिक सहयोग रहेको थियो । रक्तदान कार्यक्रममा १३ जनाले रक्तदान गरेका हुन ।

हेमा श्री फाउन्डेसन नेपाल कार्यवाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि गौरीगंगा नगरपालिका वडा अध्यक्ष टेकबहादुर कुँवर, देउडा गायक सुरत रावत, बाह्रबन साझेदारी बन उपभोक्ता समुह अध्यक्ष वीरबहादुर चोखाल, अमर माध्यमिक विद्यालयका दानबहादुर कुँवर, बिणा ग्रामीण विद्युत सहकारी अध्यक्ष पुरन सिं कडायत, १०९ औँ पटक रक्तदान गर्नेे दिपक राज उपाध्याय, गौरीगंगा –११,स्पोट्र्स क्लब अध्यक्ष दिनेश कलेल, कालिका मेडिकल हलका संचालक दिर्घ साँउद, गौरीगंगा रेडक्रस उप शाखा कार्यसमिति सदस्य कृष्णा खडका, विभिन्न संघ संस्थाका अध्यक्ष, ब्यापारी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

रक्तदान कार्यक्रममा बोल्दै बक्ताहरुले धर्म कमाउन मठ मन्दिर जानू भन्दा मानविय सेवा गरे पुन्य लाभ हुने, रगतको महत्व कति हुन्छ भन्ने कुरा बिरामी परेर रगतको आवस्यकतामा छटपटाई रहेकालाई मात्र थाहा हुने बताए । त्यसैले गर्दा आवस्यकतामा रहेकाहरुलाई रक्तदान मार्फत नयाँ जिवनका लागि रक्तदान सबैले गरेर सहयोग गर्नुपर्नेमा जोड दिए ।

डेँगु लगायतका बिरामी र दुर्घटनामा घाईते भैइ उपचारको क्रममा रगतको अभावले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजन गरिएको फाउन्डेसनका कार्यबाहक अध्यक्ष हेमन्त बाजे ले जानकारी दिए । फाउन्डेसनले रक्तदान, स्वास्थ शिविर आयोजना तथा विद्यार्थीहरुलाई शैक्षिक सामग्री, विद्यालय पोसाक र आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई सहयोग सामग्री वितरण गर्दै आइरहेको छ । साथै,रक्तदाताहरु लाई प्रमाणपत्र प्रदान गर्दै स–धन्यवाद प्रकट गरेको हो ।
गौरीगंगा–११,स्पोट्र्स क्लब अध्यक्ष दिनेश कलेलले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको संचालन धनिदत्त भट्टले गरेका हुन ।

















