
अत्तरिया : प्रधानमन्त्री केपी शर्मा ओली कैलाली आउने भएका छन् । साउन १३ गते कैलाली आउन लागेको नेकपा एमाले सुदूरपश्चिम प्रदेशका सचिव रण बहादुर चन्दले बताए ।

सरकारी कार्यक्रम अनुसार ओली कैलाली आउन लागेको बताइएको छ । साउन १३ गते कैलाली जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ९ मा निर्मित कटासे हाईड्रोपावरको उद्घाटन गर्न ओली कैलाली आउन लागेका हुन् ।

बिहान १० बजे कैलाली पुगेर ओलीले रानिजमरा स्थित रानिजमरा ईन्टेक कर्णाली चिसापानीको अवलोकन गर्ने कार्यक्रम रहेको छ । त्यस पछि प्रधानमन्त्री ओलीले कटासे हाईड्रोपावरको उद्घाटन गर्ने छन् ।


















