धनगढी आगलागी पीडितलाई व्यापारी शुभ ठाकुरद्वारा नगद सहयोग

Image
Nisarga Hospital

कैलालीको धनगढीस्थित एक कम्प्लेक्समा साउन ३ गते राति भएको भीषण आगलागीमा करिब ८ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

CP Hospital Dhangadhi

धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित परिवर्तन इम्पेक्समा विद्युत् ‘सर्ट’का कारण आगलागी भएको आशंका गरिएको छ। राति करिब ११ बजे सुरु भएको आगो करिब दुई घण्टापछि नियन्त्रणमा आएको थियो।

आगलागीमा स्थानीय व्यापारी विश्वप्रकाश कँडेलले सञ्चालन गर्दै आएको हेलेन ट्रेड सप्लायर्स, परिवर्तन इम्पेक्स, र सेन्टर पोइन्ट रेष्टुरेन्टसहित आठ वटा सटरमा क्षति पुगेको थियो। हेलेन ट्रेड सप्लायर्समा रहेका लुगा–कपडासहितका सामान पूर्णरूपमा जलेका छन् भने अन्य पसलमा आंशिक क्षति भएको छ।

nawajiwan

व्यापारी शुभ ठाकुरको सहयोग

Attariya Hospital

यो दुर्घटनापछि धनगढीका व्यापारी शुभ ठाकुरले पीडित व्यवसायीलाई व्यक्तिगत रूपमा नगद सहयोग गरेका छन्। घटनास्थलमै पुगेर ठाकुरले भने:

“दुःख परेको बेला हामी व्यवसायीहरूले एक अर्कालाई सहारा दिनुपर्छ। त्यसैले मैले मेरो तर्फबाट सहयोग गरेको हुँ।”

स्थानीय उद्योगी तथा व्यवसायीहरूले ठाकुरको यो मानवीय पहललाई उच्च प्रशंसा गरेका छन्।

Advertize US