गोदावरी राजधानी सार्न खोज्नु जनताको अपमान : सांसद बिष्ट

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशसभा सदस्य खेमा बिष्टले गोदावरीबाट राजधानी सार्ने तयारीप्रति गम्भीर आपत्ति जनाएकी छन्। आजको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै राप्रपाबाट समानुपातिक सदस्य रहेकी बिष्टले दुई तिहाइ बहुमतले पारित निर्णयलाई उल्ट्याउन खोज्नु जनताको अपमान भएको बताइन्।

CP Hospital Dhangadhi

उनले भनिन्, “संघीयता नै नचाहिने हाम्रो पार्टीको नीति हो, तर अहिलेको संरचनामा गोदावरी राजधानी बनाउन गरिएको संघर्षको सम्मान हुनुपर्छ।”

Attariya Hospital

गोदावरी भौगोलिक र सांस्कृतिक दृष्टिले उपयुक्त रहेको भन्दै उनले धनगढी अन्तर्राष्ट्रिय सीमासँगको संवेदनशीलताका कारण पनि गोदावरी नै सुरक्षित रहेको तर्क दिइन्।

nawajiwan

राजधानी सार्ने प्रयास चुनावी एजेन्डा र कुर्सी जोगाउने चाल भएको उनको आरोप छ। “यदि सरकारले निर्णय उल्ट्यायो भने गोदावरीका जनता सडकमा उत्रनेछन्,” बिष्टको चेतावनी छ।