धनगढी–१३ मा नवौं रानाथारु तिज महोत्सव सम्पन्न

Image
Nisarga Hospital

धनगढी उप–महानगरपालिका वडा नं १३ स्थित कैलाली गाउँमा नवौं रानाथारु तिज महोत्सव–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। रानाथारु महिला कृषक समूहको आयोजनामा आयोजित उक्त कार्यक्रम सरिता रानाको अध्यक्षतामा र वडाध्यक्ष विजय राज जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

CP Hospital Dhangadhi

कार्यक्रममा वडा सदस्य हिरालाल राना, निशा कुमारी आउजी, समाजसेवी, बुद्धिजीवी, संघसंस्थाका प्रतिनिधि र भलमन्सा पधनसहित उल्लेख्य स्थानीयको सहभागिता थियो।

प्रमुख अतिथि जोशीले रानाथारु संस्कृति, कला र पहिचानको संरक्षणमा यस्ता महोत्सवले सकारात्मक प्रभाव पार्ने बताए। साथै, उनले लागू औषध न्यूनीकरणमा अभिभावकको भूमिका अत्यन्तै जरुरी रहेको जोड दिए।

Attariya Hospital

वडा सदस्य रानाले समुदायको समुन्नति एकताको बलमा मात्र सम्भव हुने भन्दै योग कार्यक्रममा सहभागी हुन आग्रह गरे।

nawajiwan

कार्यक्रममा कराते प्रदर्शन, स्वागत मन्तव्य भलमन्सा मोली रानाबाट र सञ्चालन सन्तराम रानाबाट भएको थियो। महोत्सवले रानाथारु समुदायको मौलिक संस्कृति संरक्षण, सामाजिक एकता र चेतनाको सन्देश दिएको आयोजकले जनाएका छन्।