आज साउन महिनाको दोस्रो सोमबार, विशेष धार्मिक महत्वको दिन

Image
Nisarga Hospital

आज २०८२ सालको साउन महिनाको दोस्रो सोमबार परेको छ। साउन शुक्ल पक्षको चतुर्थी तिथि रहेको आजको दिन सन् २०२५ जुलाई २८ तारिखका साथ मिल्दछ।

CP Hospital Dhangadhi

साउनको सोमबार हिन्दू धर्मावलम्बीका लागि विशेष पूजापाठ र व्रतको दिन हो। विशेषगरी शिव मन्दिरहरू—पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा भक्तजनको भीड देखिन्छ। श्रद्धालुहरूले आजको दिनलाई पुण्यको अवसरका रूपमा लिने गर्दछन्।

शास्त्रीय मान्यताअनुसार सोमबार भगवान शिवलाई समर्पित दिन हो। यो दिन ब्रह्माण्डका अधिपति महादेवको पूजा–आराधनासहित व्रत बसिन्छ। व्रत सूर्य उदासँगै सुरु भई साँझ आरतीपछिसम्म चल्ने गर्छ। दिनभर जल, फलफूल र शिव-पार्वतीको पूजा गरिन्छ। हरेक पूजा गणेश वन्दनाबाट आरम्भ गर्नु अनिवार्य मानिन्छ।

सोमबारको उपवासले मनोकांक्षा पूरा हुने, जीवनमा शान्ति र सफलता प्राप्त हुने विश्वास गरिएको छ। विशेषतः अविवाहित महिलाले राम्रो जीवनसाथीको कामना गर्दै यो व्रत बस्ने परम्परा लामो समयदेखि चलिआएको छ।