‘मिनी खप्तड’ बगलेक: डोटीको पर्यटकीय गहना बन्दै

Image
CP Hospital Dhangadhi

डोटी: डोटीको पूर्वीचौकी गाउँपालिका–२ मा अवस्थित बगलेक पछिल्लो समय आन्तरिक पर्यटकहरूको आकर्षक गन्तव्यका रूपमा चर्चामा छ। सदरमुकाम सिलगढी, दिपायललगायत सुदूरपश्चिमका विभिन्न भाग तथा अन्य जिल्लाबाट आउने पर्यटकहरूका लागि बगलेक पहिलो रोजाइ बन्न थालेको हो।

पूर्व वडाध्यक्ष मदन भण्डारीका अनुसार, “कामको व्यस्तताले खप्तड पुग्न नसक्नेहरूका लागि बगलेक सजिलो र सुन्दर विकल्प बनेको छ।” यस्तै, स्थानीय भीम ठकुल्ला भन्छन्, “यहाँ दैनिकजसो पर्यटक आउँछन्, शनिबार त भीड नै लाग्छ।”

nawajiwan

सडक विकाससँगै सहज पहुँच
सुदूरपश्चिम प्रदेश सरकारले सदरमुकाम सिलगढीबाट बगलेकसम्मको सडक कालोपत्रे गरेपछि अधघण्टामै बगलेक पुग्न सकिने भएको छ। यस सुविधाले दैनिक झन्डै २०० आन्तरिक पर्यटक बगलेक पुग्ने गरेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय, दिपायलका अधिकारीहरू बताउँछन्।

भारतीय पर्यटकको पनि आकर्षण
सडक र संरचनागत विकाससँगै भारतबाट समेत केही पर्यटक बगलेक पुग्ने गरेका छन् भन्ने जानकारी जिल्ला वन डोटीका स्रोतहरूले दिएका छन्। पदम खड्काले भने, “सुविधा थपिँदै गएपछि अब विदेशी पर्यटकको पनि सम्भावना बढेको छ।”

Attariya Hospital

हरियाली, घोडा सवारी र बनभोजको केन्द्र
स्थानीय जनकबहादुर खड्काका अनुसार, बगलेक परिवार, साथीभाइसँग पिकनिक मनाउन, रमाइलो गर्न र गर्मी छल्न उपयुक्त स्थान बनेको छ। खप्तड जाने मूल बाटोमै रहेको यस ठाउँको भौगोलिक बनावटले खप्तडको झल्को दिने भएकाले यसलाई ‘मिनी खप्तड’ समेत भनिन्छ।

पछिल्लो समय बगलेक घुम्न पुगेकी पर्यटक पार्वती खड्काले भनेकी छन्, “यहाँको वातावरण रमाइलो छ, स्थानीय र प्रदेश सरकारलाई धन्यवाद दिन चाहन्छु। तर अब सरसफाइ र जनचेतना आवश्यक छ।”

१५ किमिको दूरीमा स्वादिलो अनुभव
सदरमुकाम सिलगढीबाट करिब १५ किलोमिटर दूरीमा रहेको बगलेकमा हरियाली पाटन, सुलभ घोडा सवारी, बनभोज, र स्थानीय उत्पादनजस्तै आलु, मकै, निहुँरो जस्ता चीजहरूको स्वाद लिन पाइन्छ। साथै, छेउमै रहेको पोखरी र खुला वातावरणले बगलेकलाई अझै रमणीय बनाएको छ।

खप्तड पर्यटन तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक खेमराज जोशी भन्छन्, “यहाँको विकास क्रमले बगलेकलाई सुदूरपश्चिमकै मुख्य आन्तरिक पर्यटन गन्तव्यमा परिणत गर्दैछ।”