बझाङमा अनलाइन व्यापारको नाममा लाखौं ठगी, एक करोड बढी रकम संकलन

Image
फाईल फोटो
Nisarga Hospital

रमेश बहादुर सिंह/ बझाङः बझाङमा ‘अनलाइन व्यापार’को नाममा लाखौं रुपैयाँ संकलन गरिएको खुलासा भएको छ। सीमित घण्टा काम गरेबापत करोडौं आम्दानी हुने प्रलोभन देखाई एक व्यक्तिबाट मात्रै करिब ६ लाख रुपैयाँ उठाइएको पाइएको हो।

CP Hospital Dhangadhi

यस कार्यमा लामो समयदेखि बझाङमा कार्यरत UNFPA  का जिल्ला संयोजक धनबहादुर लम्साल र डोटी घर भई जिल्ला अस्पतालमा कार्यरत शान्त खड्का संलग्न रहेको बताइएको छ। उनीहरूले विभिन्न सरकारी कर्मचारीहरूलाई प्रभावित बनाई अनलाइन मार्केटिङमा जोड्ने प्रयास गरेका थिए।

‘धनगढीमा कार्यालय रहेको’ भनिएको कम्पनीको प्रतिनिधिहरूले एक महिलामार्फत अनलाइन व्यापारसम्बन्धी प्रलोभन देखाई पीडितबाट रकम असुलेका थिए। विदेश भ्रमण र छोटो समयमा करोडपति हुने आश्वासन दिँदै बझाङबाट मात्रै करिब एक करोड रुपैयाँ लिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

nawajiwan

जयपृथ्वी नगरपालिका निवासी एक पीडित कर्मचारीका अनुसार, उनले लम्सालमार्फत सम्पर्क गरी रकम बुझाएका थिए तर पछि आफूले अर्को व्यक्तिलाई ल्याउनु पर्ने शर्त थाहा पाएपछि पैसा फिर्ता माग्दा कम्पनीले अस्वीकार गरेको बताएका छन्।

Attariya Hospital

जिल्लाका प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठीले अनलाइन व्यापारका नाममा रकम संकलन भएको जानकारी आफूले एक महिना अघि नै पाएको तर हालसम्म कुनै लिखित उजुरी नआएकोले अनुसन्धान अगाडि नबढेको जानकारी दिए।

टेलिफोन सम्पर्कमा लम्सालले आफूले कम्पनी र व्यक्तिबीच सम्पर्क गरिदिएको मात्र बताउँदै पैसा कम्पनीको खातामा गएको दाबी गरे। ठगिएको गुनासो गर्ने पीडितहरूको संख्या बढ्दै गएको छ।

अनलाईन व्यापार कम्पनीका बझाङ प्रतिनिधि धन बहादुर लम्साल सँग पनि टेलिफोन सम्पर्क गर्दा उहाँले ब्यक्ति सम्पर्क आफुले गरिदिए हो तर पैसा कम्पनीको खातामा गएको छ भने । यो अनलाईन मार्केटिङ कम्पनी सँग जोडिएका व्यक्ति लाई कम्पनीले काम दिएनन् भने कम्पनी लाई पैसा फिर्ता गराउन आफु पनि पहल गर्ने बताएका छन । ६ लाख दिएका अन्य कर्मचारी ब्यक्तिहरुले उक्त अनलाईन कम्पनीले आफुहरु ठगि गरेको गुनासो गर्दै आएको बताएका छन ।

समाचार सम्पादनका क्रममा दोस्रो पक्षको भनाई असावधानीबस हट्न गएकाकोमा क्षमा माग्दै सो गल्ती सच्याई दोस्रो पक्षको भनाई समेत समावेश गरिएको छ । आगामी दिनमा पत्रकार आचारसंहिता पालनामा सजग रहने प्रतिबद्धता व्यक्त गर्दछौँ 

सम्पादक